दाङको तुलसीपुर उपमहानगरमा गठबन्धनकाे सुरुवाती अग्रता

 जेठ ४, २०७९ बुधबार ७:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा गठनबन्धनका उम्मेदवारकाे सुरुवाती अग्रता देखिएको छ ।

गएरातिदेखि सुरु भएको मतगणना अन्तर्गत भइरहेको वडा नं १ को गणनामा गठबन्धनका मेयर पदका कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ३ सय १३ र उपमेयर पदमा गठबन्धनका समाजवादीका जोगबहादुर रानाले २ सय ६२ मत ल्याउनु भएको छ ।

एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्काले २ सय ९९ र उपमेयरका उम्मेदवार स्यानी चौधरी २ सय ९८ मत ल्याउनु भएको छ । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ३ सय ११ र एमाले उम्मेदवारले ३ सय मत ल्याउनु भएको छ ।

तुलसीपुर उमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको निधन भएका कारण हिजो मङ्गलवार चुनाव भएर रातिदेखि मतगणना सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया