इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ८:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कुशबहादुर थेबे विजयी हुनु भएको छ ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का जीतबहादुर राईलाई दुई सय २२ मतले पछि पार्दै विजयी हुनु भएको हो । 

एमालेका थेबेले पाँच हजार एक सय ३५ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी राईको ४ हजार नौ सय १३ मत छ । 

यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसकी प्रविना राई पाँच हजार एक सय ५९ मतसहित विजयी हुनु भएको छ । एमालेकी सावित्रा भट्टराईले भने चार हजार आठ सय ८३ मत प्राप्त गर्नु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया