काठमाण्डौ महानगरमा बालेन शाहलाई ७ हजार ११४ मतको अग्रता

 जेठ ४, २०७९ बुधबार ८:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले अगाडि रहनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५०९ मत गन्दा शाहले १५ हजार ४०२ मत पाउनु भएको छ ।

यस्तै स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० सय मत प्राप्त गर्नु भएको छ  ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाउँदै लैजानु भएको छ । उहाँले १२ हजार १५७ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया