चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)

 जेठ ४, २०७९ बुधबार ८:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । 

कांग्रेस

सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।

यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ८८ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले

दोस्रो स्थानमा रहेको नेकपा एमालेले २६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी ११४ वटा पालिकाको प्रमुख पद जितेको छ।

यस्तै एमालेले ३० वटा नगरपालिकाको उपमेयर र ८५ वटा पालिकाको उपाध्यक्ष गरी ११५ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ७३ वटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र

पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६९ वटा गाउँपालिका गरी ७८ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादीले १४ वटा नगरपालिकाको उपमेयर, ७२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८६ ठाउँमा जितेको छ । माओवादीले सात सय ९५ वटा वडाध्यक्ष पदमा जित निकालेको छ।

नेकपा (एकीकृत समाजवादी)

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

जसपा/अन्य

जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा पालिका  बाग्लुङको बरेङ र अर्घाखाँचीको भूमिकास्थानमा जितेकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई वटा पालिका काठमाण्डाैकाे शङ्खरापुर र झापाकाे हल्दीबारी जितेको छ । यस्तै अरु दल र स्वतन्त्र गरी ७ वटा पालिकामा प्रमुख विजयी भएका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shahjahan khatun

    May 18, 2022, 9:07 a.m.

    Simraungadh

  •  0 Reply

तपाईको प्रतिक्रिया