ललितपुरकाे ६ र ७ न‌म्बर वडामा कांग्रेस विजयी, मेयरमा चिरिबाबुकाे अग्रता कायमै

 जेठ ४, २०७९ बुधबार ९:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर महानगरमा  २१,४२७ मत गन्दा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ११९२० मत प्राप्त गर्नु भएकाे छ भने एमालेका हरिकृष्ण ब्यन्जन्कारले ५५७० मत प्राप्त गर्नु भएकाे छ ।  

वडा नम्बर ६ मा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १३१८ मत सहित विजयी हुनु भएकाे छ भने वडा नम्बर ७ को वडा अध्यक्षमा कुल बाहादुर महर्जनले २१७० मत प्राप्त गरी विजयी हुनु भएकाे हाे । 
 
 त्यस्तै  उपप्रमुख एमालेकी मन्जली शाक्य अगाडि हुनुहुन्छ । उहाँले ५९८३ मत प्राप्त गर्दा माओवादीका बाबुराज बज्राचार्यले  ४५६६ मत प्राप्त गर्नु भएकाे छ । राप्रपाकी स्वर्निमा शाक्यले १८३२ मत प्राप्त गर्नु भएकाेमा 
उमेदवार नभएको कांग्रेसकाे रुख चिन्हको उपमेयरमा ३२८० मत प्राप्त भएको छ ।

ललितपुर महानगरको वडा १ देखि ७ सम्मको मत गणना सकिएकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया