इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ९:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनिकुमार स्याङबो ४ हजार ६ सय ७९ मतसहित विजयी हुनु भएको छ । 

उहाँको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का मेहरमान तामाङले भने ४ हजार ३ सय २२ मत प्राप्त गर्नु भएको छ । 

यस्तै उपाध्यक्षमा भने एमालेकी विष्णुमाया खवास विजयी हुनु भएको छ । विजयी खवासले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कल्पनादेवी खनाललाई चार सय ५९ मतले हराउँदै विजयी हुनु भएको हो । एमालेकी खवासको ४ हजार ६ सय ५६ मत छ भने कांग्रेसकी खनालको ४ हजार १ सय ९७ मत छ । 

६ वटा वडा रहेको रोङ गाउँपालिकाको तीन वटा वडाको वडाध्यक्षमा कांग्रेस, दुई वटा वडामा एमाले र एक वटा वडामा स्वतन्त्रले जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया