दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र

 जेठ ४, २०७९ बुधबार ९:३६:११ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

गठबन्धनकातर्फबाट उठेका कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

भट्टराई एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाउनु भएकाे छ भने उहाँकाे निकटतम प्रतिद्वन्द्वी एमालेका बिणादेबी राईले ७३१९ मत पाउनु भएकाे छ । बिणादेबी निवर्तमान उपमेयर हुनुहुन्छ ।

राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१, उपमेयरका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाउनु भएकाे छ । 
१५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया