दाङको लमही नगरपालिकाकाे मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ११:११:६ | हेमराज शर्मा
unn.prixa.net

‍दाङ - दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतकासाथ विजयी हुनुभएकाे हाे ।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गर्नुभएकाे छ । एमालेका दण्डिराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गङ्गा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशीला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गर्नुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया