घोराहीमा ११ हजार मत गन्न बाँकी हुँदा एमालेका मेयर चौधरी ५ हजार मतले अगाडि

 जेठ ४, २०७९ बुधबार ११:२९:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ, जेठ ४ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उमेदवारलाई पछि पार्दै एमालेका मेयर पदका उमेदवार नरुलाल चौधरीले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ ।

६५ हजार ५ सय २५ मतगणना अनुसार मेयरमा एमालेका उमेदवार नरुलाल चौधरीले २६ हजार ७ सय ६३ मत ल्याउनु भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २१ हजार ८ सय १३ मत प्राप्त गर्नुभएको छ । चौधरी र शर्माबीच ४ हजार ९ सय ५० मतान्तर रहेको छ ।

यसैगरी उपप्रमुखमा पनि एमालेको अग्रता रहेको छ । एमालेका हुमा डिसीले २५ हजार ६ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका भुप बहादुर डाँगीले २४ हजार ९ सय ८७ मत प्राप्त गर्नुभएको छ । डाँगी र डिसीबीच ६ सय ७४ को मतान्तर रहेको छ । घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो । अब १० हजार ९ सय ९६ मत गणना हुन बाँकी रहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया