पर्साकाे कालिकामाई गाउँपालिका अध्यक्षमा २१ वर्षीय युवा विजयी

 जेठ ४, २०७९ बुधबार १४:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा विजयी हुनुभएको छ । कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वशिष्ट कुमार र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी हुनुभएको छ । 

अध्यक्ष पदका उम्मेदवार वशिष्ट कुमारले तीन हजार सात सय १९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले तीन हजार ६ सय पाँच मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनीले तीन हजार नौ सय ६१ र उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सहानी खातुनले तीन हजार आठ सय ३६ मत प्राप्त गर्नुभएको छ । 

पाँच वटा वडा रहेको गाउँपालिकाको तीन वटा वडाध्यक्षमा जसपा, एक/एक वटामा एमाले र कांग्रेस विजयी भएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया