४५० पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको २०५, एमालेको १२५ र माओवादीको ८९

 जेठ ४, २०७९ बुधबार १५:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।

एक सय १५ वटा नगरपालिका र तीन सय ३५ वटा गाउँपालिका गरी चार सय ५० वटा पालिकाको नतिजा सार्वजनिक भएकोमा कांग्रेस ६२ वटा नगरपालिका र एक सय ४३ वटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएको हो । यस्तै कांग्रेसले अहिलेसम्म ५२ वटा नगरपालिकाको उपमेयर, एक सय ४७ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार २० वटा वडाको वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३२ वटा नगरपालिकाको मेयर र ९३ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय २५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ३७ वटा नगरपालिकाको उपमेयर, ९१ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार पाँच सय ७५ वटा वडाको अध्यक्ष पदमा जित निकालेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२ वटा नगरपालिका र ७७ वटा गाउँपालिकाको अध्यक्ष गरी ८९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादी केन्द्र १९ वटा नगरपालिकाको उपमेयर, ७८ वटा गाउँपालिकाको उपाध्यक्ष र आठ सय ४५ वटा वडाको अध्यक्ष पदमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादीले दुई वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै एकीकृत समाजवादीले चार वटा नगरपालिकाको उपमेयर र १० वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । जनता समाजवादी पार्टीले आठ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । बाँकी पालिकाहरूमा जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दल र स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Milan lama

    May 18, 2022, 3:40 p.m.

    News

  •  0 Reply

तपाईको प्रतिक्रिया