अंगरक्षकसहित मन्त्री नै निस्किए संविधान दिवस विरोधी जुलुसमा

 असोज ३, २०७५ बुधबार १८:५२:२६ | शैलेन्द्र महतो

धनुषा – जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालले संविधानको विरोधमा जनकपुरमा जुलुस प्रदर्शन गरेको छ । 

संविधान दिवसको अवसरमा कालो दिवस मनाउने कार्यक्रम अन्तर्गत दिउँसो जुलुस प्रर्दशन गरेको हो ।

संविधानविरोधी जुलुसको प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कमाण्ड सम्हाल्नु भएको थियो । राजपा नेपालको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत राजपाले जनकपुरमा संविधानको विरुद्धमा कालो दिवस मनाउने कार्यक्रममा मन्त्री साहलाई नेतृत्व दिएको थियो ।

बुधबार दिउँसो जनकपुरको जनकचोकबाट निकालेको विरोध जुलुस शिवचोक, कदमचोक, विसहाराचोक, मुरलीचोक हुँदै पुनः जनकचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

संविधान विरोधी जुलुसमा मन्त्री साह मोटरसाइकलमा सवार भएर सशस्त्र प्रहरीका अंगरक्षकसहित सहभागी हुनुभएको थियो ।

संविधान विरोधी जुलुसमा राष्ट्रिय सभाका राजपाका सांसद बृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतको सहभागिता थियो ।

प्रदेश २ बाहेक ६ वटै प्रदेश सरकारले भव्यताका साथ संविधान दिवस मनाएको छ । प्रदेश २ मा संघीय समाजादी फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार रहेको छ । 

संविधानमा त्रुटि रहेको भन्दै असहमति जनाउँदै प्रदेश २ सरकारले भने कुनै कार्यक्रम आयोजन गरेन । बरु राजपा नेपालका मन्त्री र सांसदहरु खुलेरै संविधानको विरोधमा कालो दिवस मनाएका छन् ।

यस्तै अहिले साँझ ७ देखि साढे ७ बजेसम्म राजपा नेपालले संविधानको विरोधमा बल्याकआउट गर्दैछन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया