टोखा नगरपालिकाको मेयरमा एमालेका अधिकारी विजयी

 जेठ ४, २०७९ बुधबार १६:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका मुरारी तामाङ विजयी हुनुभएको छ ।

मेयरमा एमालेका प्रकाश अधिकारीले १० हजार तीन सय ४० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार एक सय ६६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका मुरारी तामाङले आठ हजार पाँच सय ६ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी ज्ञानमाया डंगोलले सात हजार आठ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

टोखा नगरपालिकामा रहेका ११ वटा वडामध्ये नौ वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले वडाध्यक्ष पद जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया