ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

 जेठ ४, २०७९ बुधबार १६:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी हुनुभएको छ ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले चार हजार नौ सय नौ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले चार हजार ६ सय ९२ मत र उहाँका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३७ सय मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा एमालेले वडाध्यक्ष पद जितेका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया