मोहनविक्रम सिंहकै पालिकामा जनमोर्चा हार्‍याे, माओवादीका महतारा विजयी

 जेठ ४, २०७९ बुधबार १६:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्युठान – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकै पालिका प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पराजित भएका छन् ।

झिमरुकको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पीतबहादुर महतारा क्षेत्री पाँच हजार नाै सय २९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जनमोर्चाका टीकाबहादुर जीसीले पाँच हजार ६ सय ९६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रमोद पोख्रेल ६ हजार चार सय १९ मत ल्याएर विजयी हुनुभयो । चार हजार पाँच सय ६२ मतसहित एमालेकी विष्णु जीएम पराजित हुनुभयो ।

झिमरुकमा एमाले र माओवादी तथा जनमोर्चा र कांग्रेसले गठबन्धन गरेका थिए । झिमरुकका आठ वडामध्ये तीन वटामा एमाले, दुई वटामा कांग्रेस, दुई वटामा जनमोर्चा र एउटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया