तुलसीपुरमा गठबन्धनका उम्मेदवार ५८ मतले अघि, उपमेयरमा एमालेको अग्रता

 जेठ ४, २०७९ बुधबार १६:५२:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ । 

वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले एक हजार एक सय ३३ मत प्राप्त गरेका छन् । एमालेका मेयर टीकाराम खड्काले एक हजार ७५ मत प्राप्त गर्नुभएकाे छ । गिरी खड्काभन्दा ५८ मतले अघि हुनुहुन्छ । 

त्यसैगरी उपमेयरमा भने एमालेका स्यानी चौधरीले एक हजार ५६ मत पाउनुभएकाे छ भने गठबन्धनका जोगबहादुर रानाले नाै सय २३ मत प्राप्त गर्नुभएकाे छ । 

तुलसीपुर उपमहानगरपालिका १ मा गठबन्धनको तर्फबाट माओवादी विजयी भएको छ । माओवादीका हुमाकान्त सापकोटा एक हजार एक सय ५७ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मण भण्डारीले एक हजार ३६ मत प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया