मकवानपुरमा ७ पालिकाकाे मतगणना सम्पन्न : कहाँ कसले जित्याे हेर्नुस्

 जेठ ४, २०७९ बुधबार १७:२:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा ७ वटा गाँउपालिकाको मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको नतिजा अनुसार पालिकामा गठबन्धन अगाडि रहेको छ ।

आज दिउँसोसम्म प्राप्त नतिजा अनुसार एमालेले २ वटा गाउँपालिका र एक उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले ४ गाउँपालिका र माओवादीले १ नगरपालिकामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले १ उपमेयर र माओवादीले ४ उपाध्यक्ष जित हासिल गरेको छ । एमालेले भीमफेदी गाउँपालिका अध्यक्ष तथा इन्द्र सरोवरमा अध्यक्ष र उपाध्यक्ष जितेको छ । इन्द्र सरोवरमा एमालेको उम्मेदवार अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी हुनुभएकाे छ । अध्यक्षका प्रतिद्वन्दी विश्वलाल लामाले ३४ सय ७२ मत प्राप्त गर्दा पुडासैनीले ३७ सय २२ मत प्राप्त गर्दै २ सय ५० मतको अन्तरले विजयी हुनुभएकाे हाे ।

भिमफेदीमा एमालेका हिदम लामा ३ सय २ मतले विजयी बन्नुभएकाे छ । लामाले ५५ सय ११ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी बद्रीबहादुर स्याङतानले ५२ सय ९ मत प्राप्त पाउनुभयाे। यस्तै कांग्रेसले कैलाश गाउँपालिका अध्यक्ष र भीमफेदी गाउँपालिका उपाध्यक्ष जितेको छ । कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मोक्तानले ८ सय ९ मतले पछि पार्दै अध्यक्षमा एमालेका नरेन्द्रलाल रिजाललाई पछि पार्दै मोक्तान विजयी हुनुभएको हो भने रिजालले ४ हजार ८८ मत प्राप्त गर्न सफल हुनुभयाे ।

भीमफेदीमा कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठले प्रतिद्वन्द्वीलाई १६ मतले पछि पार्दै उपाध्यक्ष पदमा विजयी हुनुभयाे । श्रेष्ठले ५३ सय १५ र नेकपा एमालेका उपाध्यक्ष पार्वती रानाले ५२ सय ९९ मत प्राप्त  गर्नुभयाे ।

कैलाश गाउँपालिकामा माओवादीका बालकुमार मल्लले उपाध्यक्ष जत्नुभयाे । नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार सुकुमाया थिङलाई १ सय ५३ मत पछि पार्दै मल्लले जित हात पार्नुभयाे । मल्लले ४ हजार ८८ र थिङले ३९ सय ३५ मत प्राप्त गर्नुभयाे ।

यस्तै मकवानपुरगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङतान विजयी हुनुभयाे । नेकपा एमालेका उम्मेदवार बिदुर हुमागाईलाई १ हजार ६१ मतले पछि पार्दै उहाँ विजयी हुनुभयाे । लामाले ६७ सय ६ र हुमागाईले ५६ सय ४५ मत पाउनुभयाे ।

उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मानकुमारी पाख्रिन नेपाली विजयी हुनुभयाे । नेपालीले ६१ सय १० र नेकपा एमालेलेकी उपाध्यक्ष उम्मेदवार सन्तु थिङले ५२ सय ४ मत प्राप्त गर्नुभयाे । यस्तै राक्सिराङ गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन् । गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनुभएको हो । मल्लले ९ सय ९ मतले पछि पार्दै नेकपा एमालेका अध्यक्षका उम्मेद्वार बाबुलाल स्याङतानलाई पराजित गर्नु भएको हो भने स्याङतानले ४५ सय ७२ र मल्लले ५४ सय ८१ मत ल्याउनु भएको थियो ।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम थिङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उपाध्यक्ष उम्मेद्वार सुन्तली माया प्रजाले ४१ सय २९ मत प्राप्त गर्दा थिङले ४८ सय ३९ मत प्राप्त गर्नुभएको थियो । यस्तै बकैया गाउँपालिकाकोे गठबन्धन तर्फका कांग्रेसका अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछाने विजयी हुनुभएको हो । एमालेकी उम्मेदवार सरला बोलखे ४ हजार २ सय २६ मतसहित पराजित हुनुभयाे । लामिछानेले ११ हजार २ सय ९२ मत प्राप्त गर्दा बोलखेले ७ हजार ६६ मत प्राप्त गर्नुभयाे । त्यस्तै उपाध्यक्षमा गठबन्धनका भक्तबहादुर खत्रीले ९ हजार ५ सय २२ मत प्राप्त गर्दै विजयी हुनुभयाे ।

यस्तै मकवानपुरको उत्तरी थाहानगर पालिकामा पनि गठबन्धनले जित हासिल गरेको छ । गठबन्धनतर्फबाट नेकपा माओवादीका मेयर पदमा विष्णु विष्टले ९ हजार ७ सय १९ मत ल्याएर विजयी हुनुभयाे भने उहाँका प्रतिष्पर्धी नेकपा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरि पराजित हुनुभयाे ।

उममेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दै विजयी हुनुभयाे । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत पाउनुभयाे ।

वाग्मती प्रदेशको राजधानी भएको जिल्ला मकवानपुरमा १० वटा पालिका छन् । १० वटा मध्ये ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब ३ वटा पालिका हेटौंडा उपमहानगरपालिका, वाग्मती गाउँपालिका र मनहरी गाउँपालिकाको मत परिणाम भने आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया