साेलुखुम्बुकाे साेलुदुधकण्ड नगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार १७:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयर मेयरमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा र उपमेयरमा कांग्रेसकै गान्धिमाया तामाङ विजयी हुनुभएको छ । 

एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गर्दै शेर्पा दाेस्राे कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको हो । नाम्गेलजाङ्बु शेर्पाले चार हजार नाै सय ६८ मत ल्याउँदा एमालेका शेर्पाले चार हजार दुई सय ९० मत प्राप्त गर्नुभयाे । 

एमालेबाट उम्मेदवार बन्नुभएका आङकाजी शेर्पा कांग्रेसबाट मेयरको टिकट नपाएपछि उम्मेदवारी दर्ता गर्ने भन्दा केही दिनअघि एमालेमा प्रवेश गरेर मेयरको टिकट लिनुभएको थियो ।  

उपमेयरमा पनि कांग्रेसकै गान्धिमाया तामाङले चार हजार तीन सय ८५ मत र उहाँका प्रतिस्पर्धी एमालेकी मोहनकुमारी कार्कीले चार हजार दुई सय ७३ मत प्राप्त गर्नुभयाे । 

११ वडा रहेको नगरपालिकामा ६ वटाम कांग्रेस, चार वटाम नेकपा एमाले र एक वडामा माओवादीले वडाध्यक्ष जितेकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया