४७५ पालिकाकाे मतपरिणाम सार्वजनिक : कांग्रेस २१२, एमाले १३४ र माओवादी ९४ वटामा विजयी

 जेठ ४, २०७९ बुधबार १८:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार सय ७५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले दुई सय १२ वटा पालिकाको प्रमुख पद जितेर अग्रता कायमै राखेको छ ।

एक सय २६ नगरपालिका र तीन सय ४९ गाउँपालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेसले ६६ नगरपालिकाको मेयर र एक सय ४६ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले ५६ वटा नगरपालिकाको उपमेयर र एक सय ५० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

एमालेले अहिलेसम्म ३६ वटा नगरपालिकाको मेयर र ९८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ३४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ४२ वटा नगरपालिकाको उपमेयर र ९७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले १४ वटा नगरपालिकाको मेयर र ८० वटा गाउँपालिकाको अध्यक्ष गरी ९४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २० वटा नगरपालिकाको उपमेयर र ८१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

नेकपा एकीकृत समाजवादीले तीन वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ । जसपाले नौ वटा पालिका मेयर तथा अध्यक्ष र नौ वटै पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया