दाङको तुलसीपुर उपमहानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमालेलाई अग्रता

 जेठ ५, २०७९ बिहिबार ७:२:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा  गठबन्धनले अग्रता बनाएको छ ।

यो उपमहानगरापालिकामा गठबन्धन र एमालेको कडा प्रतिस्पर्धा देखिएको छ ।  पछिल्लो मत पणिाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउनु भएको छ ।

उहाँले ३ हजार ६९० मत पाउनु भएको छ । एमालेका टीकाराम खड्काले ३ हजार ६५७ मत पाउनु भएको छ ।

उपमेयरमा भने एमालेकी स्यानी चौधरीलाई अग्रता छ । उहाँले ३ हजार ५३८ मत ल्याउँदा एकीकृत समाजवादीका जोगबहादुर रानाले २ हजार ९७५ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया