२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

 जेठ ५, २०७९ बिहिबार ७:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।

पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म पालिका जनप्रतिनिधिविहीन हुनेछन् । जनप्रतिनिधिले शपथ नलिएसम्म कर्मचारीबाट प्रशासनिक काम हुने भएकाले खासै समस्या नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

बजेटका काम तथा एजेन्डा प्रस्तुत गर्ने कतिपयमा केही समस्या पर्न सक्ने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

७५३ पालिकामा मेयर/अध्यक्ष ७५३ तथा उपमेयर/उपाध्यक्ष गरी ७५३ जना, ६ हजार ७४३ वडाध्यक्ष,  ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ जना जनप्रतिनिधि रहने व्यवस्था छ ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया