धरानमा बुधबारदेखि रोकिएको मतगणना आज बिहान ८ बजेदेखि हुँदै

 जेठ ५, २०७९ बिहिबार ७:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

धरान - धरान उप–महानगरपालिकाको मतगणना बुधबार दिनभर स्थगित भयो ।

वडा नम्बर २० को १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि धरानमा स्थिति बिग्रिएको थियो । यस वडामा माओवादी केन्द्रका उम्मेदवार पराजित भएका थिए भने कांग्रेसका उम्मेदवारले वडाध्यक्षमा ४ मतले जितेका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा भने गर्न पाएको थिएन ।

४ मतले आफूपछि परेको र १८ वटा मतमा अधिकांस माओवादी केन्द्रकै मत भएकाले पुनः मतगणना हुनुपर्ने माओवादीकाे अडान थियो । स्थिति उत्कर्षमा पुगेपछि नेपाली सेनासमेत परिचालन गरिएको थियो ।

बाहिर नाराबाजी चलिरहँदा भित्र भने सर्वदलीय बैठक जारी रहेको थियो । धरानमा रहेको पब्लिक स्कुलमा भइरहेको मतगणना स्थल दिनभर र राति अबेरसम्म तनावपूर्ण रहयो ।

राति १० बजे निर्वाचन आयोगले मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई कारबाही गर्ने, वडा नम्बर २० मा हस्ताक्षर नभएको मत स्वतः बदर हुनेलगायतका ४ बुँदे निर्देशन दिएपछि मतगणना पुनः सुचारु हुन लागेको हाे ।

आयोगले वडा नम्बर २० को मतगणना सकिएकाले त्यसलाई व्यवस्थापन गरेर मतगणना जारी रहेका ८, १२ र १९ को मतगणना सुचारु गर्न भनेकाे थियो । तर, माओवादी केन्द्रले आफ्ना प्रतिनिधि विना नै मतगणना सुरु गरेको भन्दै पुनः विरोध गरेका थिए ।

माओवादी केन्द्रले निरन्तर अवरोध गर्दै आएपछि धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले बिहिबार बिहान ८ बजेसम्मका लागि मतगणना स्थगित गर्नु भएकाे हाे । त्यस अनुसार मतगणना बिहिबार बिहान ८ बजेदेखि नै हुने भएको हाे । पार्टीका प्रतिनिधि आउन ढिलाई गरे मात्र ढिलाई हुनसक्ने उहाँले जानकारी दिनु भयाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया