पोखरा महानगरको उपमेयरमा मञ्जुकाे अग्रता

 जेठ ५, २०७९ बिहिबार ८:२०:२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकामा उपमेयरमा मञ्जु गुरुङले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार मञ्जु नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटभन्दा २ सय २८ मतले अगाडि हुनुहुन्छ ।

मञ्जुले २० हजार २ मत प्राप्त गर्दा कोपिलाले १९ हजार ७  सय ७४ मत प्राप्त गर्नु भएको छ । मेयरमा भने गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ । आचार्य १९ हजार ६ सय १५ मतले अघि हुनुहुन्छ । नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत  प्राप्त गर्नु भएको छ ।

आचार्य २ हजार १ सय ३ मतले अगाडि हुनुहुन्छ । पोखरा महानगरपालिकामा ४७ हजार ४ सय ६६ गणना भएको छ । पोखरामा १२ वटा वडाको मतगणना सकिसकेको छ । जसमा वडा नम्बर २, ३, ४, १२, १३, २३, २४, २५, २६ मा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर १, ५ र ६ नेकपा एमालेले जितेको छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया