५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?

 जेठ ५, २०७९ बिहिबार ८:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । 

यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १९२ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले 
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १०३ वटा गाउँपालिकाको अध्यक्ष गरी १४९ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १०१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १५८ वटा जितेको छ । एमालेले एक हजार ७१५ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी 
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १०२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १०८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९१९ वटा वडाध्यक्ष पद जितेको छ । 

नेकपा ( एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया