स्याङ्जा : नगरपालिकामा कांग्रेस र गाउँपालिकामा एमालेकाे वर्चस्व

 जेठ ५, २०७९ बिहिबार १४:३८:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पालिका चुनाव २०७९ अन्तर्गत स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले पाँच गाउँपालिकामा विजयी भएको छ । 

२०७४ को चुनावमा जिल्ला सदरमुकामको पुतलीबजारसहित दुई नगरपालिका र पाँच गाउँपालिकाको नेतृत्व गरेको एमाले यस पटक पाँच गाउँपालिका र एक नगरपालिकामा सीमित भएको छ । अघिल्लो चुनावमा बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यस पटक भने प्रायः सबै पालिकामा झिनो मतान्तरले विजयी भएको छ ।

पुतलीबजार नगरपालिका

मेयर – तुलसी रेग्मी (कांग्रेस) १२ हजार पाँच सय १५
उपमेयर – देवी अर्याल (कांग्रेस) ११ हजार साच सय ४८

भीरकोट नगरपालिका

मेयर – गोविन्दकुमार कर्माचार्य (कांग्रेस) ६ हजार पाँच सय चार
उपमेयर भगवती रेग्मी (कांग्रेस) सात हजार एक सय ७९

गल्याङ नगरपालिका

मेयर – गुरुप्रसाद भट्टराई (कांग्रेस) नौ हजार ६ सय २१
उपमेयर – हेमा न्यौपाने (कांग्रेस) नौ हजार एक सय १८ 

वालिङ नगरपालिका

मेयर – कृष्ण खाँण (एमाले) १३ हजार सात सय ७६
उपमेयर कविता तिवारी (कांग्रेस) १२ हजार आठ सय २२ 

चापाकोट नगरपालिका

मेयर – देवबहादुर खाँण (कांग्रेस) सात हजार चार सय ९०
उपमेयर – इशा राना (कांग्रेस) सात हजार चार सय १३ 

अर्जुनचौपारी गाँउपालिका

अध्यक्ष – प्रकाश तिवारी (कांग्रेस) पाँच हजार दुई सय ९१
उपमेयर – सपना गुरुङ (कांग्रेस) तीन हजार तीन सय ४७ 

फेदीखोला गाउँपालिका

अध्यक्ष – घनश्याम सुवेदी (एमाले) तीन हजार आठ सय ३६ 
उपाध्यक्ष – देउकुमारी गुरुङ (एमाले) तीन हजार नौ सय ७८ 

आँधीखोला गाउँपालिका

अध्यक्ष – विश्वनाथ पौडेल (एमाले) पाँच हजार एक सय ७७ 
उपाध्यक्ष – सीता थापा (एमाले) पाँच हजार दुई सय ७३ 

बिरुवा गाउँपालिका

अध्यक्ष – सूर्यबहादुर कुँवर (एमाले) चार हजार आठ सय ७२ 
उपाध्यक्ष – भगवती शर्मा (एमाले) चार हजार नौ सय ३७ 

कालीगण्डकी गाउँपालिका

अध्यक्ष – खिमबहादुर थापा (एमाले) ६ हजार सात सय 
उपाध्यक्ष – सावित्रा कोइराला (एमाले) ६ हजार दुई सय २३ 

हरिनास गाउँपालिका

अध्यक्ष – खिमनारायण मानन्धर (एमाले) चार हजार सात सय ६९
उपाध्यक्ष – इन्द्रकुमारी थापा राना (एमाले) चार हजार सात सय ४०

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया