तुलसीपुर उप-महानगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमालेकाे अग्रता कायमै

 जेठ ५, २०७९ बिहिबार १७:१३:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीकाे अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार १२ हजार ३ सय ४८ मत गणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गर्नु भएको छ ।

एमालेका उम्मेदवार टिकाराम खड्काले ५ हजार ६९ मत प्राप्त गर्नु भएको छ । गिरी एमालेका खड्का भन्दा ३ सत ३३ मतले अघि हुनुहुन्छ । त्यस्तै उमेयर एमालेका स्यानी चौधरीको अग्रता कायम छ । उहाँले ४ हजार ८ सय १३ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोग बहादुर रानाले ४ हजार ३ सय ८१ मत प्राप्त गर्नु भएको छ। उहाँहरुबीच ५६८ मतको फरक छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया