५ सय ८१ पालिकाको मतपरिणाम : कांग्रेस २ सय ५३, एमाले १ सय ६२ र माओवादी १ सय ५ वटामा विजयी

 जेठ ५, २०७९ बिहिबार १७:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म नेपाली कांग्रेस दुई सय ५३ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८६ नगरपालिकाको मेयर र एक सय ६७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी दुई सय ३६ पद जितेको छ ।

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५३ वटा नगरपालिकाको मेयर र एक सय नाै वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ६२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय ७५ पद जितेकाे छ । 

नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८९ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय पाँच वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय १२ वटा पद जितेकाे छ ।

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ वटा प्रमुख पदमा जितेकाे छ । त्यस्तै एकीकृत समाजवादीले उपमेयर र गाउँपालिका उपाध्यक्षमा १७ पद जितेकाे छ । 

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटै पालिका उपाध्यक्ष जितेको छ । यस्तै स्वतन्त्र र अन्य दलले गरी ३४ वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् भने २६ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया