फेटा गाउँपालिकामा विवेकशील साझा विजयी

 जेठ ५, २०७९ बिहिबार १८:६:३४ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा विवेकशील साझा पार्टीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ । विवेकशील साझा पार्टीले फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हात पारेको हो । 

गाउँपालिका अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साह निर्वाचित हुनुभएको हो । अन्सारीले चार हजार चार सय ८५ र साहले तीन हजार पाँच सय ७० मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । विवेकशील साझा पार्टीले दुई वटा वडाध्यक्ष पनि जितेको छ । 

गाउँपलिका अध्यक्षमा निर्वाचित अध्यक्ष अन्सारीले नेपाली कांग्रेसको टिकट च्यातेर पार्टी परित्याग गरी विवेकशील साझा पार्टीबाट उम्मेदवारी मनाेनयन दर्ता गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया