नेपाल युगान्डासँगको तेस्राे खेलमा पनि पराजित

 जेठ ५, २०७९ बिहिबार १८:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला युगान्डाले दुई खेलअघि नै जितेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहीवार भएको तेस्रो खेलमा ६ विकेटले विजयी भएसँगै युगान्डाले दुई खेल बाँकी छँदै शृङ्खला जितेको हो । 

नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १० बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई तथा रुबिना क्षेत्री र इन्दु वर्माले एक/एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन मात्रै बनायो । नेपालका लागि ज्योति पाण्डेले ४७, सीता रानामगरले १२ र रुबिना क्षेत्रीले नटआउट १८ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया