काठमाण्डाैमा बालेन शाहलाई ११ हजार ३२९ मतकाे अग्रता

 जेठ ५, २०७९ बिहिबार १९:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतकाे अग्रता लिइरहनुभएकाे छ । 

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नाै सय ९५ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिइरहनुभएकाे छ । डंगाेलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गर्नुभएकाे हाे । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया