पोखरामा ५५ हजार २६७ मत गणना गर्दा धनराजलाई २ हजार ७२० मतको अग्रता

 जेठ ५, २०७९ बिहिबार २०:२९:४४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लिनुभएकाे छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ७ सय २० मत पुर्‍याउनुभएकाे हाे ।

हालसम्म ५५ हजार २ सय ६७ मत गणना सम्पन्न हुँदा आचार्यले २२ हजार ८ सय ५२ मत प्राप्त गरी अग्रता कायम राख्नुभएकाे छ । उहाँलाई एमालेका कृष्ण थापाले २० हजार १ सय ३२ मत ल्याएर पछ्याइरहनुभएकाे छ । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ३ सय ४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ३ सय १२ मत पाउनुभएकाे छ ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले पुनः अग्रता लिनुभएकाे छ । उहाँले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १ सय ४३ मतले पछि पार्नुभएकाे छ । काेपिला रानाभाटले २३ हजार १ सय ६४ मत ल्याउनुभयाे । एमालेकी गुरुङले २३ हजार २१ मत ल्याएर रानाभाटलाई पछ्याइरहनुभएकाे छ । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले २ हजार ९९ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया