काठमाण्डौ महानगरमा बालेन शाह केशव स्थापितभन्दा १२ हजार १९ मतले अगाडि

 जेठ ६, २०७९ शुक्रबार ६:८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

अहिले बिहान साढे ५ बजेको  पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउनु भएको छ ।

यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।

स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गर्नु भएको छ । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउनु भएको छ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २६ हजार ६ मत पाउनु भएको छ ।

एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाउनु भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया