काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

 जेठ ६, २०७९ शुक्रबार १०:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले ११ हजार ३ सय २२ मत प्राप्त गरेर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुङ्गानाले भने ८ हजार २ सय ६३ मत प्राप्त गर्नु भएको छ । 

यस्तै उपमेयरमा भने एमालेकी शान्ता थापा निर्वाचित हुनु भएको छ । उहाँले ९ हजार ९ सय ७५ मत प्राप्त गर्नुभएकाे छ भने माओवादीका भोला चापागाईँको ५ हजार ४ सय २२ मत छ । 

काठमाण्डाैका ११ वटा पालिकामध्ये ९ वटा पालिकाकाे नतिजा आइसकेकाे छ । अब दुई वटा पालिका काठमाण्डाै महानगरपालिका र नागार्जुन नगरपालिकाको नतिजा आउन बाँकी छ ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया