पोखराकाे मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

 जेठ ६, २०७९ शुक्रबार १३:५:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ । नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले आज शुक्रवार पक्राउ गरेकाे हो । 

मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेका र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे ।  

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुई जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो । उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा लगिएकाे र अनुसन्धान भइरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया