धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ गठबन्धन भन्दा झन्डै १३ सय मतले अगाडि

 जेठ ६, २०७९ शुक्रबार १३:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै छ । उहाँ एक हजार दुई सय ९७ मतले अघि हुनुहुन्छ । 

अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १२ हजार १५ प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार सात सय १८ मत प्राप्त गर्नुभएकाे छ ।  

नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार सात सय ३९ मत प्राप्त गर्नुभएकाे छ ।  

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १२ हजार तीन सय ७६ मत प्राप्त गरी अग्रता बनाइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ११ हजार सात सय ६५ मतसहित पछ्यारहनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया