मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेलीमा झडप

 जेठ ६, २०७९ शुक्रबार १९:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

माेरङ – मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेली नगरपालिकामा झडप भएको छ । झडपमा केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।  

केहीबेर तनावग्रस्त भएको रङ्गलीको मतगणना क्षेत्र अहिले सामान्य छ । रोकिएको मतगणना भने सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । वडा नम्बर ७ मा तीन हजार चार सय ४२ मत खसेको र गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएको कांग्रेसले जनाएको छ । 

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया