इटहरीका वडाहरुमा एमालेको वर्चश्व, मेयरमा भने पछाडि

 जेठ ७, २०७९ शनिबार ७:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीको इटहरी उपमहानगरपालिकामा ७९ दशमलव १२ प्रतिशत मतगणना सम्पन्न भएको छ ।

शनिवार बिहानसम्म १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा तहमा नेकपा (एमाले) को वर्चश्व पाइएको छ ।

अन्तिम मतपरिणाम आएका १३ वटा वडामध्ये १० वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । तीन वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिले बाँकी रहेका वडा नम्बर ८ देखि १४ सम्मका ७ वटा वडाको मतगणना भइरहेकाे छ । 

वडा तहमा वर्चश्व कायम गरेको एमाले उपमहानगरको मेयरमा भन्ने पछि परेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर पदका उम्मेदवार याम कुमार सुब्बाले २२ हजार ५ सय ८० मत ल्याउनु भएकाे छ।

उहाँ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलसँग ४ हजार १७ मतले पछि पर्नुभएकाे छ । कांग्रेसका उम्मेदवार पौडेलले अहिलेसम्म २६ हजार ६ सय ५२ मत पाउनु भएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया