डाक्नेश्वरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी

 जेठ ८, २०७९ आइतबार १६:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net


सप्तरी – सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

मेयरमा एमालेका रामलखन मलाहा पाँच हजार आठ सय ५४ मत ल्याएर विजयी हुनुभएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार तीन सय ९६ मत ल्याउनुभयो ।

उपमेयरमा एमालेकै मीराकुमारी यादव ६ हजार एक सय ९७ मत ल्याएर निर्वाचित हुनुभयाे । उहाँका प्रतिस्पर्धी जसपाकी इन्दुदेवी यादवले पाँच हजार दुई सय नाै मत ल्याउनुभयो । इन्दुदेवी यादव निवर्तमान उपमेयर हुनुहुन्थ्यो ।

वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । 

योसँगै सप्तरीमा एमालेको निर्वाचित पालिका तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच पालिकामा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई पालिका, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक पालिकामा विजयी हासिल गरेको छ ।

अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिनुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइरहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया