२२ हजार ३५ मत गन्न बाँकी हुँदा ललितपुरमा चिरीबाबुकाे अग्रता कायमै

 जेठ ८, २०७९ आइतबार १७:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चिरीबाबु महर्जनकाे अग्रता कायमै छ ।  

अहिलेसम्म ६३ हजार आठ सय २६ मतगणना हुँदा महर्जनलेले ३२ हजार तीन सय ७८ मत प्रप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार आठ सय ८६ मतसहित पछ्याइरहनुभएकाे छ । महर्जन व्यञ्जनकार भन्दा १३ हजार चार सय ९२ मतले अघि हुनुहुन्छ । 

उपमेयरमा भने एमालेकी मन्जली शाक्यले अग्रता बनाइरहनुभएकाे छ । उहाँले अहिलेसम्म १८ हजार तीन सय नाै मत ल्याउनुभएकाे छ । उहाँलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १३ हजार चार सय ७२ मतसहित पछ्याइरहनुभएकाे छ । 

अब ललितपुर महानगरपालिकामा २२ हजार ३५ मत गन्न गर्न बाँकी छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया