भरतपुरमा ३१ हजार ५२८ मत गन्न बाँकी, रेनु दाहाल ८ हजार २९५ मतले अगाडि

 जेठ ८, २०७९ आइतबार १८:५:४२ | रासस
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकामा ३१ हजार पाँच सय २८ मत गन्न बाँकी रहेको छ । अहिलेसम्म यस पालिकामा ९६ हजार तीन सय ११ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले आठ हजार दुई सय ९५ मतले अग्रता लिनुभएको छ । दाहालले ३७ हजार नाै सय २८ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले २९ हजार ६ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको छ ।  

उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६ सय ७८ मत अन्तरले अग्रता लिनुभएको छ । अधिकारीले ४० हजार एक सय २१ मत प्राप्त गर्दा गुरुङले २३ हजार चार सय ४३ मत प्राप्त गर्नुभएको छ । 

भरतपुर महानगरमा अहिले वडा नम्बर २१ र २२ को मतगणना भइरहेकाे छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । पालिका चुनावमा यहाँ एक लाख २७ हजार आठ सय ३९ मत खसेको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया