७ सय २६ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३ सय २०, एमाले १ सय ९७ र माओवादी १ सय २० वटामा विजयी

 जेठ ९, २०७९ सोमबार ६:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै कांग्रेसले २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेकाे छ । 

यस्तै, स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया