झापाकाे शिवसताक्षीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

 जेठ ९, २०७९ सोमबार १०:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाको शिवसताक्षी नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर पदमा नेकपा एमालेका मेगाहाङ्ग थोप्रा विजयी हुनुभएको छ । उहाँले १६ हजार ४ सय ९८ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याउनुभएको छ ।  

यस्तै, उपमेयरमा पनि एमाले विजयी भएको छ । एमालेकी नरमाया कार्की १४ हजार १ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले ९ हजार ५ सय २५ मत प्राप्त गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया