ललितपुरको सातदोबाटोमा टाटा मोटर्सकाे नयाँ शोरुम

 जेठ ९, २०७९ सोमबार ११:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शाेरुम सञ्चालनमा आएको छ ।

टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आधुनिक तथा सुविधा सम्पन्न शोरुमको उद्घाटन गरेको हो । आफ्नो सञ्जाल नेपालभर फैलाउने उद्देश्य अनुरुप नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

टाटा मोटर्सकाे तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिंजापती, विभिन्न विभागका प्रतिनिधिको सहभागिता रहेको थियो । 

कार शोरूममा टाटाका बीएस-६ इञ्जिन उपलब्ध गाडीहरु पाइन्छन् भने टेस्ट ड्राइभको पनि सुविधा रहेको सिप्रदीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया