७ सय ३४ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ३ सय २१, एमाले २ सय र माओवादी १ सय २० वटामा विजयी

 जेठ १०, २०७९ मंगलबार ७:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ । 

यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् । 

यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण 

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय २१
उपमेयर/उपाध्यक्ष–२ सय ९५

नेकपा एमाले 
मेयर/अध्यक्ष–२ सय
उपमेयर/उपाध्यक्ष–२ सय २८

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २८

जसपा
मेयर/अध्यक्ष–२९
उपमेयर/उपाध्यक्ष–३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१९
उपमेयर/उपाध्यक्ष–२१

लोसपा
मेयर/अध्यक्ष–१५
उपमेयर/उपाध्यक्ष–११

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–१२
उपमेयर/उपाध्यक्ष–४

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया