काठमाण्डाैकाे मतगणना अन्तिम चरणमा, आज बेलुकासम्ममा मत गनेर सकिने

 जेठ १२, २०७९ बिहिबार १३:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे मतगणना अन्तर्गत अहिले वडा नम्बर १४ र १५ को मत गन्ने काम भइरहेकाे छ ।

३२ वडा रहेको काठमाण्डाैमा ३० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज बिहीवार बेलुकासम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाण्डाैले जानकारी दिएको छ ।   

अहिलेसम्मको मत परिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपमेयर र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ । 

त्यसैगरी अहिलेसम्मको मत परिणाअनुसार काठमाण्डाैकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको जित हुने देखिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया