उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले अगाडि

 जेठ १६, २०७९ सोमबार ८:१४:५३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित सुनिश्चित भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा कांग्रेसका वसन्त बस्नेत १ हजार ९ सयभन्दा धेरै मतले अगाडि हुनुहुन्छ । अब करिब ३ हजार मत गन्न बाँकी छ । अहिलेसम्म गणना भएको ३६ हजार ९ सय ५८ मतमध्ये बस्नेतले १२ हजार ७ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

एमालेका भागवत राउतले १० हजार ८ सय ३ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी महेश्वरी राईको जित सुनिश्चित भएको छ । उहाँले १२ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी सरिता राईले ११ हजार ८९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै माओवादीकी गीता खड्का कार्कीले ६ हजार २ सय ३१ मत ल्याउनु भएको छ ।

आजै नतिजा आउने निर्वाचन कार्यालयले जनाएको छ । अरु सबै पालिकाको नतिजा आइसके पनि त्रियुगा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको नतिजा आउन बाँकी छ । बूढीगङ्गामा फेरि चुनाव हुने निर्णय भए पनि मिति तय भइसकेको छैन ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया