बर्दियाको मधुवनमा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप, केही घाइते

 जेठ २३, २०७९ सोमबार १८:४३:५८ | भावुक योगी
unn.prixa.net

काठमाण्डाै – बर्दियाको मधुवन नगरपालिकामा आज साेमवार वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा केही घाइते छन् । 

प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् । मधुवनको ओराली बजारमा अहिले पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका छन् । 

आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे हो । थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । 

वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया