गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा (पूर्ण पाठ)

 जेठ २४, २०७९ मंगलबार १८:१२:३९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिँदै आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज मङ्गलवार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने बताउनुभयाे । 

प्रदेश प्रमुख गुरुङले प्रदेशमै मुटुरोग अस्पताल स्थापना गर्ने बताउनुभयाे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटुरोग अस्पताल स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशभित्रका नागरिकको मिर्गौला नियमित डायलसिस गर्न अहिले सेवा दिइरहेका अस्पतालहरूको क्षमता विस्तार गर्ने, गोरखा जिल्ला अस्पताल, लमजुङ जिल्ला अस्पताल र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला डायलसिस सेवा विस्तार गर्ने जनाइएको छ ।

प्रदेश सरकारले स्पाइरल इन्ज्युरी तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापन र पुनर्स्थापनाका लागि ह्विल चेयर, कृत्रिम हातखुट्टा लगायतका सहायक सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ ।  

सरकारले ज्येष्ठ नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न ‘प्रदेश सरकारसँग बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । मानव सेवा आश्रम तथा वृद्धाश्रमहरूमा आश्रित दीर्घ रोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । गण्डकी सरकारले बिरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने भएको छ । अघिल्लो वर्षदेखि सुरु भएको यस कार्यक्रमलाई अहिले नीति तथा कार्यक्रममै समेटिएकाे हाे । 

त्यस्तै प्रदेशमा जनसङ्ख्या व्यवस्थापन गर्न प्रदेश जनसङ्ख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ । गण्डकी प्रदेश सरकारले सुन्तला खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गण्डकी सुन्तलाको उच्च सम्भावना भएको प्रदेश रहेको भन्दै यसलाई सुन्तलाकोे पकेट प्रदेशका रूपमा विकास गर्ने कार्यक्रम सरकारले ल्याएको प्रमुख गुरुङले बताउनुभयाे । 
गण्डकी प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम पनि सुरु गर्ने भएको छ ।

पर्यटकीय क्षेत्रमा पदमार्गको राम्रो व्यवस्था, होमस्टेको सुधार, गण्डकी टाेल निमार्ण गर्ने, कालीगण्डकी जल यातायात सञ्चालन गर्ने लगायताका कार्यक्रम पनि अघि सारिएकाे छ । 

धेरैजसाे कार्यक्रमहरू गएकाे वर्षकै नीति तथा कार्यक्रममा समेटिएको र अहिले पनि त्यसैलाई निरन्तरता दिएको छ । पर्यटन, कृषि, सहकारी तथा युवा रोजगारको राम्रो नारा दिइएको नीति तथा कार्यक्रमले यस वर्ष नतिजा दिने विश्वास प्रदेश सरकारको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया