हिमनदीको सङ्गम स्थल ‘तीनशिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी

 जेठ २८, २०७९ शनिबार १५:५९:१२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा १ मा पर्ने माछापुच्छ्रे हिमालको फेदीबाट सुरु हुन्छ सेती नदीको मुहान । पोखरालाई दुई चिरा पारेर बग्ने सेती नदीको मुहानलाई तीनशिर भनिन्छ । तीनशिरमा पहिले मेला लाग्ने गर्दथ्यो । तर २०५४ सालयता तीनशिर कोही पुगेका छैनन् ।

पर्यटकीय र धार्मिक महत्त्वको यो ठाउँमा जार्ने अहिले भने पदमार्ग नै छैन । त्यही पदमार्गको खोजी गर्दै नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशले तीनशिर जाने पदमार्गको खोजी थालेको छ। यो ठाउँमा जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गरेको थियो ।

सङ्घले जेठ १९ देखि एक हप्ता तीनशिर पदमार्ग प्रवर्द्धन तथा हिमनदी पार तालिम आयोजनाको गर्दै पदमार्गको खोजी गरेर फर्किएको छ । तीनशिरको पदमार्ग पहिचानमा गएको २४ जनाको टोलीमा सगरमाथा आरोही दोर्जे शेर्पा पनि हुनुहुन्थ्याे । ‘ग्रेट हिमालयन ट्रेल’ घुमेका उहाँले प्रवर्द्धन गर्ने, खानेपानी र बसोबासको सुविधा पुर्याउन सके भइरहेका रुटभन्दा तीनशिर पदमार्ग बढी चल्ने दाबी गर्नुभयाे ।

तीनशिर पदमार्गको अन्वेषण गरेर, त्यसको डाटा जीपीएसमा लिएर आएका सङ्घका प्रदेश अध्यक्ष शेषकान्त शर्माले बताउनुभयाे। उहाँले यो पटक तीनशिर पुग्न नसके पनि अर्कोपटक पुगेरै छाड्ने बताउनुभयाे। उहाँले पर्यटकीय र धार्मिक रुपमा राम्रो ठाउँ भएका कारण यसको प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयाे।

तीनशिरको यात्रा माछापुच्छ्रे गाउँपालिका-१ घाचोकबाट सुरु हुनेछ । पहिलो रात घाचोक, दोस्रो रात हिलेखर्क, तेस्रो रात खुमाइ खर्क, चौथो रात बुङ्गा खर्क, पाँचौँ रात रानी खर्क र छैटौँ रातमा तीनशिर पुग्न उहाँले बताउनुभयाे। यसका लागि दैनिक पाँच घण्टा हिँड्नुपर्ने उहाँको भनाइ थियो ।

फर्किंदा ३ दिनमा घाचोक आउन सकिन्छ । घाचोकबाट टुसे, सरीपाखा हुँदै गएर हिलेखर्कमा एक रात, खुमाइमा दोस्रो रात बास बस्नलाई होटल छ । पछिको तीन रातका लागि कुनै संरचना छैन । तीनशिरको पहिचान भएमा क्याम्पिङ रुटको रुपमा पनि विकास गर्न सकिने अध्यक्ष शर्मा बताउनुभयाे।

तीनशिर जाने रुटअन्तर्गत पर्ने रानीखर्क र बुङ्गा खर्कबीचमा डाङडुङे भिर पर्छ । त्यही भिरबाट अहिलेको टोली जान नसकेपछि फिर्किएको छ । तीन शिरको करिब ३ हजार ७ सय मिटर हाराहारीमा रहेको छ । तीनवटा साना हिमनदी रहेको र त्यो मिसिएर सेती नदी बन्ने भएकाले ठाउँलाई तीनशिर भनिएको किंवदन्ती छ । यसको धार्मिक महत्त्व पनि रहेको पर्यटन बोर्ड पोखराका प्रमुख काशी भण्डारीले बताउनुभयाे।

जाने बाटोमा ठाउँठाउँ अहिले नै होटलहरु छन् भने तीन ठाउँमा क्याम्पिङ पदयात्रा गर्नु पर्दछ । यस क्षेत्रलाई प्रचारप्रसार गर्न सकेमा ५ देखि ७ दिनको अति सुन्दर पर्यटकीय गन्तव्य हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताउनु भयाे । उहाँले पदयात्रा गर्न, नजिकबाट हिमाल हेर्न, खर्कहरु हेर्न र हिमनदी अनुभव गर्न तीनशिर उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयाे। माछापुच्छ्रे हिमाल जाने अर्को पर्यटकीय मर्दी पदमार्ग स्वदेशी तथा विदेशी पर्यटककाे राेजाइमा पर्ने गर्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया