पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन प्रचण्डको आग्रह

 जेठ २८, २०७९ शनिबार १९:२५:५० | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन आग्रह गर्नुभएको छ ।

माओवादी केन्द्रबाट चुनावमा निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरुको प्रशिक्षण उद्घाटन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले चुनावी परिणामलाई हारजितको रुपमा नलिन आग्रह गर्दै पार्टीको सिद्धान्त र नागरिकको दैनिकी सहज हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

अघिल्लो पालिका चुनावबाट निर्वाचितहरुलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त एवम् जनअपेक्षा अनुरुप चल्नका लागि प्रशिक्षण दिइएको उहाँले बताउनुभयो। जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको उल्लेख गर्दै सङ्घीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने प्रचण्डको भनाइ छ ।

विगतमा  केपी शर्मा ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै प्रचण्डले अहिलेको चुनावसहित सङ्घीय र प्रदेश तहको चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पालिका चुनावको परिणामले गठबन्धनलाई अझै बलियो बनाएर लैजानु पर्ने सन्देश दिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया